नुवाकोट र रसुवाका अदालत तथा सामुदायिक मेलमिलाप केन्द्रहरूको अनुगमन तथा निरिक्षण सम्पन्न।

  सर्वोच्च अदालतका बरिष्ठतम् माननीय न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष बैद्यनाथ उपाध्याय र सर्वोच्च अदालतका रजिस्ट्रार एवम् मेलमिलाप परिषद्का सदस्य सचिव श्रीकान्त पौडेल लगायतको टोलिद्वारा नुवाकोट र  रसुवामा रहेका अदालत र सामुदायिक मेलमिलाप केन्द्रहरूको अनुगमन तथा निरिक्षण कार्यक्रम सम्पन्न भएको छ।

 सो कार्यक्रम अन्तगर्त मिति २०७३ साल भदौ २ गते बिहिबार नुवाकोट जिल्ला अदालतको मेलमिलाप केन्द्र र चौघोडा गा.वि.स.मा रहेको सामुदायिक मेलमिलाप केन्द्रको अनुगमन सम्पन्न भएको छ।नुवाकोट जिल्ला अदालतको मेलमिलाप केन्द्र अनुगमनको क्रममा नुवाकोट जिल्ला अदालतका माननीय न्यायाधीश अजयराज उपाध्यायाज्यूले  मेलमिलाप सम्बन्धी अन्तरक्रिया वा तालिम मार्फत जनचेतना विस्तार गर्नुपर्ने र सञ्चालनमा रहेका मेलमिलाप केन्द्रमा जनशक्तिको अभाव रहेको, फर्निचर तथा आवश्यक अन्य भौतिक सुविधाको कमि रहेको जानाकारी दिनुभएको थियो। सर्वोच्च अदालतका बरिष्ठतम् माननीय न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष बैद्यनाथ उपाध्यायज्यूले जिल्ला स्तरीय मेलमिलाप अनुगमन समितिले सक्रिय रूपमा आफ्ना गतिविधीहरू सञ्चालन गर्नु पर्ने, मेलमिलापको अभिलेख व्यवस्थीत राख्नु पर्ने, तालिमको आवश्यक भएमा मेलमिलाप परिषद्ले तालिमको व्यवस्था गर्ने र उक्त तालिमक सञ्चलन गर्दा प्रहरीहरूलाई पनि समावेश गरेमा उपयुक्त हुने भनाई तथा निर्देशन दिनुभएको थियो।

  यसैगरी, मिति २०७३ भदौ ३ गते शुक्रबार रसुवा जिल्ला अदालतको मेलमिलाप केन्द्र र धुन्चे गा.वि.स. मा रहेको सामुदायिक मेलमिलाप केन्द्रको अनुगमन सम्पन्न भएको छ। धुन्चे गा.वि.स. मा रहेको सामुदायिक मेलमिलाप केन्द्रको अनुगमनका क्रममा सामुदायिक मेलमिलापकर्ताहरूसँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। छलफलमा धुन्चे गा.वि.स. सामुदायिक मेलमिलाप केन्द्रका संयोजक सोनाम तामाङ्गले रसुवा जिल्लाका १७ वटा गा.वि.स हरूमा सामुदायिक मेलमिलाप केन्द्रहरूको गठन भएता पनि उक्त केन्द्रहरूमा भौतिक सुविधा कमि भएकाले आफ्नो गतिविधिहरु प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन भएको जानकारी  दिनुभएको थियो। छलफलमा आफ्नो भनाई तथा निर्देशन दिने क्रममा सर्वोच्च अदालतका बरिष्ठतम् माननीय न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष बैद्यनाथ उपाध्यायले सामुदायिक मेलमिलापमा जस्तो सफल अदालत प्रेषित मेलमिलाप नभएको, विगतमा अदालत प्रेषित मेलमिलापमा बढी केन्द्रित भएकोमा आगामि दिनहरूमा सामुदायिक मेलमिलापलाई पनि मेलमिलाप परिषद्ले प्राथमिकतामा राखि कार्यक्रमहरू सञ्चालन गर्ने र सामुदायिक मेलमिलाप केन्द्रका गतिविधिहरूलाई थप प्रभावकारी तथा व्यवस्थित रूपमा अगाडि बढाउन मेलमिलाप परिषद्ले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गनुभएको थियो।उक्त कार्यक्रमहरुमा मेलमिलाप परिषद्‍का उप सचिवहरू श्री चाणकमणि अर्याल र श्री अशोक कुमार क्षेत्री समेतको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति: August 23, 2016
ललितपुरमा सामुदायिक मेलमिलापसम्बन्धी समुदायमा जाउँ (Go TO Community) छलफल कार्यक्रम सम्पन्न। नुवाकोट र रसुवाका अदालत तथा सामुदायिक मेलमिलाप केन्द्रहरूको अनुगमन तथा निरिक्षण सम्पन्न। जुम्ला र डडेल्धुरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । रौतहट र रूपन्देहीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । बारामा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ (GO to VILLAGE) छलफल कार्यक्रम सम्पन्न। मेलमिलापकर्ताहरूको प्रस्तावित आचार संहिता उपर छलफल कार्यक्रम सम्पन्न । नेपालगञ्ज बाँकेमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । जुम्लामा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । दैलेखमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । सुर्खेतमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । बाँकेमा मेलमिलाप सम्बन्धी दुई दिवशीय पुनर्ताजगी तालिम सम्पन्न। झापा र ओखलढुङ्गामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । कास्कीमा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ ( Go To Village) छलफल कार्यक्रम सम्पन्न। सुर्खेतमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न। दोस्रो मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न । नेपालगञ्‍ज¸बाँकेमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न।