बारामा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ (GO to VILLAGE) छलफल कार्यक्रम सम्पन्न।

नेपाल मेलमिलापकर्ता समाजको आयोजना, मेलमिलाप परिषद्‍को समन्वय र UNDP/ROLHR को ब्यवस्थापनमा बारा जिल्लाका विभिन्न गा.वि.स तथा नगरपालिकामा मेलमिलाप सम्वन्धी गाउँमा जाउँ (Go To village) छलफल कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा सम्बन्धीत गा.वि.स तथा नगरपालिका स्थानीय  भद्र भलाद्‍मी¸ समाजसेवी¸  शिक्षक¸ जिल्ला मेलमिलाप अनुगमन समितिका पदाधीकारी समेतको सहभागीता रहेको थियो।

   छलफल कार्यक्रम अन्तर्गत मिति २०७३ जेठ २६ गते बुधबारा बारा जिल्ला अदालतका माननीय  जिल्ला न्यायाधीश श्री भोजराज शर्माज्यूको प्रमुख आतिथ्यता र बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यूको सभापतित्व तथा  मेलमिलाप परिषद्का उप सचिव श्री चाणकमणि अर्यालज्यूको बिषेश आतिथ्यतामा गढीमाई नगरपालिको सिमरा ‌औराहा उच्च मा.वि कोसभाहलमा सम्पन्न  भएको थियो। उक्त कार्यक्रममा  अधिवक्ता एवम् मेलमिलापकर्ताहरू श्री दुर्गाप्रसाद अर्याल र रामकृष्ण काफ्लेले मेलमिलापको अवधारणा र नेपालमा यसको प्रयोग बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै कार्यक्रमका बिषेश अतिथि चाणकमणि आर्यालज्यूले न्यायपूर्ण एबम शान्तिपूर्ण समाज निर्माण गर्नकोलागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउदै वहाले मेलमिलापबाट आदलतमा हुने मुद्दाको चाप कम हुन गै न्याय छिटो छरितो एवम् सर्वसुलभ हुने हुँदा यो मेलमिलाप सम्बन्धी कार्यक्रम न्यायको विकल्पमा नभै परिपुरकको रूपमा आएको कुरा ‌औल्याउनु भयो। प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीश श्री भोजराज शर्माले कार्यपत्रमाथि टिप्पणी गर्दै कार्यक्रम सुन्दर एवम् सफल भएको चर्चा गदै मेलमिलापबाट विवाद समाधान भएमा अदालतमा धाइरहन नपर्ने कुराको चर्चा गर्नुभै अन्य जिल्लाहरूमा भएको मेलमिलाप सम्बन्धी  कामहरूको उदाहरण पनि प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा सहभागिहरू केशवराज पैडेल‚ धनप्रसाद बजगाई‚ दीपक भट्ट‚ कुमार त्रिपाठी  लगायतले मेलमिलामको वारेमा जिज्ञासा राख्नु भएको र सो जिज्ञासाको सन्तोषजन उत्तर श्री चाणकमणि अर्याल र श्री रामकृष्ण काफ्लेज्यूले दिनुभएको थियो। कार्यक्रमको अन्तमा सभापति बरिष्ठअधिवक्ता श्री कृष्णप्रसाद भण्डारीज्यूले कार्यक्रम राम्रो भएको भन्दै जनतालाई नै सहभागि गराई गाउँ गाउँमा यस सम्बन्धी कार्यक्रम सञ्चालन गरी समाजमा शान्ति कायम गर्ने अभियानमा हामीहरु जुटेका छौ, त्यो सपनालाई मेलमिलापको माध्यमबाट पूरा गर्न सकिन्छ भन्दै सभापति बरिष्ठअधिवक्ता भण्डारीज्यूले विवाद झगडा स्थानीय स्तरमा नै मिलाउन सके अड्डा अदालत धाइ रहन नपर्ने र यसबाट मुद्दा मामिलामा लाग्ने खर्च कम हुने‚ समयको वर्वादी नहुने कुरा सबै सहभागीहरूलाई बताउदै समाजमा घटेका थुप्रै घटनाहरुको उदाहरण दिएर आफ्नो मन्तव्य सहित त्यस दिनको सभा विर्शजन गर्नु भएको थिथो।

 त्यस्तै मिति २०७३ जेठ २७ गते बिहिबार बरिष्ठअधिवक्ता श्री कृष्णप्रसाद भण्डारीज्यूको सभापतित्व र मेलमिलाप परिषद्का उपसचिव श्री चाणकमणि अर्यालज्यूको प्रमुख आतिथ्यतामा बारा जिल्लाको हरैया गा.वि.स. वडा नं ६ मधुवन, नयाँबस्तमा सम्पन्न  भएको थियो। उक्त छलफछ कार्यक्रममा अधिवक्ता एवम् मेलमिलापकर्ता श्री दुर्गाप्रसाद अर्यालले मेलमिलापको अवधारणा र नेपालमा यसको प्रयोग बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।कार्यपत्र प्रस्तुत गदै उहाँले विवाद र मेलमिलाप भनेको के हो ? कसरी विवादका पक्षहरूका विचमा मेलमिलाप गराउन सकिन्छ ? मिलापत्र कहाँ कहाँ गराउन सकिन्छ ? कहिले मिल्न सकिन्छ ? कसले विवाद मिलाउन सक्छ?  दवाव वा जवरजस्ती मेलमिलाप गराउन सकिन्छ सकिदैन ? भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गर्नुको साथै मेलमिलाप सम्बन्धि ऐन २०६८ र मेलमिलाप सम्बन्धी नियमावली २०७० का बारे समेत संक्षिप्त रूपमा सहभागीहरूलाई जानाकारी गराउनु भएको थियो। कार्यक्रमको उद्‍घाटन बरिष्ठअधिवक्ता श्री कृष्णप्रसाद भण्डारीज्यूबाट भै कार्यक्रमको सञ्चालन प्रशिक्षक श्री रामकृष्ण काफ्लेबाट भएको थियो। कार्यपत्रमाथि टिप्पणी र कार्यक्रमको उद्देश्य माथि प्रकाश पादै कार्यक्रमका प्रमुखअतिथि मेलमिलाप परिषद्का उप सचिव श्री चाणकमणि अर्यालज्यूले यो कार्यक्रम स्थानीय तहमा समुदायका विचमा छलफल भएमा सबै जनतामा मेलमिलापको बारेमा ज्ञान हुन गई  समाजमा शान्ति स्थापना हुन्छ। विवाद र झै झगडा कम हुन्छ। अदालतमा मुद्दाको चाप पनि कम हुन जाने हुन्छ भन्दै यस्तो किसिमको कार्यक्रमहरूलाई अझ बढाई अरु गाउँ र नगरहरुमा समेत पुयउनु पर्ने आवश्यकतामाथि औल्यानुभएको थियो। छलफलमा सहभागि सुस्मिता खतिवडा‚ सोनालाल साह‚ विनोद राम‚ दुर्गा तिमल्सेना‚ राधा खड्का लगायतले मेलमिलापका सम्बन्धमा विभिन्न जिज्ञासा राख्दै प्रश्नहरू गर्नुभएको थियो सो प्रश्नको जवाफ कार्यपत्र प्रस्तोता दुर्गाप्रसाद अर्याल‚ प्रमुख अतिथि चाणकमणि अर्याल‚ प्रशिक्षक तथा कार्यक्रम सञ्चालक रामकृष्ण काफ्लेले दिनुभएको थियो। कार्यक्रमको समापन सभापति श्री कृष्णप्रसाद भण्डारीज्यूले मेलमिलापको प्रकृयाबाट विवादका पक्षहरु आफ्नो विवादमा आफै न्यायाधीश हुन पाउने अवसर प्राप्त हुन्छ त्यसैले समाजमा शान्ति कायम राख्नकोलागि मेलमिलाप राम्रो उपाएभएको भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

      कार्यक्रम अन्तर्गत मिति २०७३ जेठ २८ गते शुक्रबार बरिष्ठअधिवक्ता श्री कृष्णप्रसाद भण्डारीज्यूको सभापतित्व र मेलमिलाप परिषद्का उपसचिव श्री चाणकमणि अर्यालज्यूको प्रमुख आतिथ्यतामा बारा जिल्लाको प्रष्टोका गा.वि.स. वडा नं ५ प्रष्टोकामा सम्पन्न भएको थियो। उक्त छलफछ कार्यक्रममा अधिवक्ता एवम् मेलमिलापकर्ता श्री रामकृष्ण काफ्लेले मेलमिलापको अवधारणा र नेपालमा यसको प्रयोग बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। छलफलमा सहभागि कपिलदेव मण्डल‚ पूर्व गा.वि.स. अध्यक्ष सम्फुल चौधरी‚ अम्विका साह‚ बैद्यनाथ मधेसीले मेलमिलापका सम्बन्धमा विभिन्न जिज्ञासा राख्न्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि मेलमिलाप परिषद्का उप सचिव श्री चाणकमणि अर्यालले कार्यक्रमको उद्देश्य‚ उपादेयता एवम् छलफलका उठेका प्रश्नहरूको समेत जवाफ किसिमले दिनु भएको थियो भने कार्यक्रमका सभापति श्री कृष्णप्रसाद भण्डारीज्यूले आफ्नो  भनाई राख्दै छलफल कार्यक्रमको समापन गर्नु भएको थियो।

          त्यस्तै मिति २०७३ जेठ २९ गते शनिबार मेलमिलाप परिषद्का उप सचिव श्री चाणकमणि अर्यालज्यूको प्रमुख आतिथ्यता र बरिष्ठअधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीज्यूको सभापतित्वमा बारा जिल्लाको अमलेखगञ्ज गा.वि.स. वडा नं ४ अमलेखगञ्जमा सामुदायिक मेलमिलाप सम्वन्धी गाउँमा जाउँ (Go To village) छलफल कार्यक्रम सम्पन्न  भएको थियो।‍उक्त कार्यक्रममा प्रशिक्षकहरू एवम् मेलमिलापकर्ता श्री दुर्गाप्रसाद अर्यालज्यूले स्वागत मन्तव्य र रामकृष्ण काफ्लेज्यूले मेलमिलापको अवधारणा र नेपालमा यसको प्रयोग बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको उद्देश्यमाथि प्रकाश एवम् कार्यपत्र माथि टिप्पणी प्रमुख अतिथि श्री चाणकमणि अर्यालज्यूले गर्नु भएको थियो। कार्यक्रमको समापन गदै वरिष्ठअधिवक्ता एवम् कार्यक्रमका सभापति श्री कृष्णप्रसाद भण्डारीज्यूले मेलमिलापको महत्व‚ फाईदाका बारे जनस्तरमा सचेत गराउनु पर्ने भन्दै वारा जिल्लामा पहिले आफू संलग्न भएर गरिएका मेलमिलापका घटनाहरुको उदाहरण प्रस्तुत गर्दै मेलिमलाप समाज रुपान्तरणको माध्यम भएको र यसवाट अन्तत समाज एवं परिवारमा शान्ति कायम हुनेमा शंका नरहेकोले यस अभियानमा सहयोग गर्न आव्ह्वान गर्दै कार्यक्रम विर्शजन गर्नुभएको थियो।

प्रकाशित मिति: June 21, 2016
ललितपुरमा सामुदायिक मेलमिलापसम्बन्धी समुदायमा जाउँ (Go TO Community) छलफल कार्यक्रम सम्पन्न। नुवाकोट र रसुवाका अदालत तथा सामुदायिक मेलमिलाप केन्द्रहरूको अनुगमन तथा निरिक्षण सम्पन्न। जुम्ला र डडेल्धुरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । रौतहट र रूपन्देहीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । बारामा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ (GO to VILLAGE) छलफल कार्यक्रम सम्पन्न। मेलमिलापकर्ताहरूको प्रस्तावित आचार संहिता उपर छलफल कार्यक्रम सम्पन्न । नेपालगञ्ज बाँकेमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । जुम्लामा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । दैलेखमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । सुर्खेतमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । बाँकेमा मेलमिलाप सम्बन्धी दुई दिवशीय पुनर्ताजगी तालिम सम्पन्न। झापा र ओखलढुङ्गामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न । कास्कीमा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ ( Go To Village) छलफल कार्यक्रम सम्पन्न। सुर्खेतमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न। दोस्रो मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न । नेपालगञ्‍ज¸बाँकेमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न।