कास्कीमा मेलमिलाप सम्बन्धी गाउँमा जाउँ ( Go To Village) छलफल कार्यक्रम सम्पन्न।
असहाय सेवा केन्द्र (SUSS) को आयोजना र मेलमिलाप परिषद्को सहयोगमा कास्की जिल्लाका विभिन्न गा.वि.स तथा नगरपालिकामा मेलमिलाप सम्वन्धी गाउँमा जाउँ (Go To village) छलफल कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा सम्बन्धीत गा.वि.स तथा नगरपालिका स्थानीय भद्र भलाद्मी¸ समाजसेवी¸ शिक्षक¸ जिल्ला मेलमिलाप अनुगमन समितिका पदाधीकारी समेतको सहभागीता रहेको थियो।
छलफल कार्यक्रम अन्तर्गत मिति २०७३ जेठ १० गते सोमबार कास्की जिल्ला अदालतका माननीय न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा ढिकुरपोखरी गा.वि.सको सभाहलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा असहाय सेवा केन्द्र (SUSS)का महासचिव सविता भण्डारीले स्वागत मन्तव्य¸ मेलमिलाप परिषद्का लेखा अधिकृत यादव न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश असहाय सेवा केन्द्र (SUSS) का कोषाध्यक्ष उषा मल्ल पाठकले मेलमिलापको अवधारणा र नेपालमा यसको प्रयोग बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले मेलमिलाप गर्नुपर्ने कारण तथा यसबाट हुने फाइदाको बारेमा सहभागीलाई अवगत गराउदै सामुदायिक मेलमिलापकर्ताले वातावरण सहज बनाइ पक्षहरु आफैलाई विकल्प छान्न लगाउनुपर्ने बताउनु भएको थियो। छलफल कार्यक्रममा कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले कार्यपत्र माथी टिप्पणी गर्नुभएको थियो । छलफलमा सहभागी भक्त बहादुर नेपाली, सुमित्रा अधिकारी, स्थानेश्वर ढुङ्गाना, गुरुदक्त भारती, मोतीलाल पौडेल, इन्द्र प्रसाद दाहाल, पशूपती भुगाइ, प्रेम गिरी लगायतकाले आ–आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुका जिज्ञासालाई जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेल, कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, जिल्ला बार कास्कीका अध्यक्ष सोम प्रसाद श्रेष्ठ, आयोजक संस्थाका महासचिव सविता भण्डारी, कोषाध्यक्ष उषा मल्ल पाठकले मेटाउनु भएको थियो ।
त्यस्तै मिति २०७३ जेठ ११ गते मंगलबार कास्की जिल्ला अदालतका माननीय न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा सादिखोला गा.वि.सको सभाहलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा असहाय सेवा केन्द्र (SUSS)का महासचिव सविता भण्डारीले स्वागत मन्तव्य¸ मेलमिलाप परिषद्का लेखा अधिकृत यादव न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो। असहाय सेवा केन्द्र (SUSS) का कोषाध्यक्ष उषा मल्ल पाठकले मेलमिलापको अवधारणा र नेपालमा यसको प्रयोग बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। छलफल कार्यक्रममा कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले कार्यपत्र माथी टिप्पणी गर्नुभएको थियो। छलफलमा सहभागी विष्णुदेवी आचार्य, खिमराज आचार्य, याम प्रसाद बाँस्तोला, कृष्ण गौतम, तोज बहादुर गुरुङ्ग, ढाकामोहन पौडेलले लगायतकाले आ–आफ्ना अनुभव र जिज्ञासा न्यायाधीश र वकिल समक्ष राखेका थिए । उनीहरुका जिज्ञासालाई जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेल, कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, आयोजक संस्थाका महासचिव सविता भण्डारी, कोषाध्यक्ष उषा मल्ल पाठक र सदस्य अनिता गुरुङ्गले मेटाउनु भएको थियो । कास्कीको सार्दीखोला गाउँ विकास समितिमा वि.स. २०६८ सालबाट सामुदायिक मेलमिलाप लाग र र २५ जना सामुदायिक मेलमिलापकर्ता यस गाउँ विकास समितिमा सुचिकृत भएका छन् ।
कार्यक्रम अन्तर्गत मिति २०७३ जेठ १२ गते बुधबार कास्की जिल्ला अदालतका माननीय न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा कालिका गा.वि.सको सभाहलमा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा असहाय सेवा केन्द्र (SUSS)का महासचिव सविता भण्डारीले स्वागत मन्तव्य¸ मेलमिलाप परिषद्का लेखा अधिकृत यादव न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पर्नु भएको थियो। असहाय सेवा केन्द्र (SUSS) का कोषाध्यक्ष उषा मल्ल पाठकले मेलमिलापको अवधारणा र नेपालमा यसको प्रयोग बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। छलफल कार्यक्रमा कास्की जिल्ला अदालतका तहसिलदार खुम प्रसाद भण्डारीले कार्यपत्र माथी टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा कालिका गा.वि.सका सचिव शोभाखर ढकाल¸ जनज्योती उच्च मावीका प्राचार्य माधव प्रसाद पौडेलले आ-आफ्नो भनाइ राख्नु भएको थियो। छलफलमा सहभागी राजेन्द्र प्रसाद त्रिपाठी, हुमनाथ अधिकारी, सरस्वती पौडेल, विष्णुमाया पौडेल, भोलानाथ त्रिपाठी र भोज बहादुर भुजेलले आ–आफ्ना अनुभव र जिज्ञासा न्यायाधीश र वकिल समक्ष राखेका थिए । उनीहरुका जिज्ञासालाई जिल्ला न्यायाधीश अनन्त राज डुम्रे, कास्की जिल्ला अदालतका तहसिलदार खुम प्रसाद भण्डारी, आयोजक संस्थाका महासचिव सविता भण्डारी, कोषाध्यक्ष उषा मल्ल पाठक र जिल्ला बार कास्कीका अध्यक्ष सोम प्रसाद श्रेष्ठले मेटाउनु भएको थियो ।
त्यस्तै मिति २०७३ जेठ १३ गते कास्की जिल्ला अदालतका न्यायाधीश नागेन्द्र लाल कर्ण अध्यक्षतामा लेखनाथ नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो।उक्त कार्यक्रममा आयोजक संस्थाका महासचिव सविता भण्डारीले स्वागत मन्तव्य¸ मेलमिलाप परिषद्का लेखा अधिकृत यादव न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि पर्नु भएको थियो। असहाय सेवा केन्द्र (SUSS) का कोषाध्यक्ष उषा मल्ल पाठकले मेलमिलापको अवधारणा र नेपालमा यसको प्रयोग बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। छलफल कार्यक्रममा कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले कार्यपत्र माथी टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा लेखनाथ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लोक बहादुर भण्डारी, नगरपालिकाका कानून अधिकृत राममणी अधिकारी, लेखनाथ उद्योग वाणीज्य संघका अध्यक्ष लक्ष्मि प्रसाद त्रिपाठीले आ–आफ्नो भनाइ राखेका थिए । छलफलमा सहभागी शंकरनाथ पौडेल, बाबुराम गिरी, बालकृष्ण गौतम, शैलेन्द्र मोहन भट्टराई, मिना भट्टराई, सोमत श्रेष्ठ, रुद्र नाथ पौडेल, चिरञ्जिवी तिवारी, राजेन्द्रमणी लामिछाने, छवी लामिछाने, लक्ष बहादुर केसी, प्रयागराज भण्डारी, हरिदेवी अधिकारी, सावित्री भण्डारी र मेख बहादुर गुरुङ लगायतले आ–आफ्ना अनुभव र जिज्ञासा राखेका थिए । उनीहरुका जिज्ञासालाई जिल्ला न्यायाधीश नागेन्द्र लाल कर्ण, कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, आयोजक संस्थाका महासचिव सविता भण्डारी बराल, कोषाध्यक्ष उषा मल्ल पाठक र जिल्ला बार कास्कीका अध्यक्ष सोम प्रसाद श्रेष्ठले मेटाउनु भएको थियो ।