दोस्रो मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न ।
मेलमिलाप सम्बन्धी ऐन¸ २०६८ लागू भएको मिति बैशाख १ गतेलाई थप स्मरणीय बनाउने उद्देयले मेलमिलाप दिवस मनाइदै आएको परिप्रेक्ष्यमा दोस्रो मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भयो। उक्त कार्यक्रम अन्तर्गत मिति २०७३ बैशाख १ गते सर्वोच्च अदालतका माननीय न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष बैद्यनाथ उपाध्यायज्यूले मेलमिलाप दिवस तथा नवबर्ष २०७३ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश गोरखापत्र राष्ट्रिय दैनिक र नागरीक राष्ट्रिय दैनिकमा प्रकशित गरियो। त्यसै गरी मिति २०७३ बैशाख २ गते सर्वोच्च अदालतका माननीय न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष बैद्यनाथ उपाध्यायज्यूद्वारा मेलमिलाप परिषद्को वेवसाइट www.mediationcouncil.gov.np को औपचारिकरूपमा समुद्घाटन शुभारम्भ गर्नु भयो।कार्यक्रम अन्तर्गत मिति २०७३ बैशाख ३ र ४ गते मेलमिलाप सम्बन्धी सरोकारवालाहरूसँग “मेलमिलापको यात्राः उपलब्धी¸ समस्या र समाधान” विषयक दुई दिवसीय अन्तक्रिया कार्यक्रम सुसम्पन्न गरी दोस्रो मेलमिलाप दिवस भव्यताका साथ मनाइयो ।