सुर्खेतमा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष बैद्यनाथ उपाध्यायज्यूको अध्यक्षतामा मिति २०७३ जेठ ६ गते सुर्खेत जिल्लामा क्रियाशील समाजसेवी¸ मेलमिलापकर्ता¸ कानुन व्यवसायी¸ नागरिक समाज¸ कर्मचारी¸ जिल्ला स्तरीय मेलमिलाप अनुगमन समितिका पदाधिकारी लगायत गरि ५०/५० जनाको सहभागीतामा मेलमिलाप सम्बन्धी एक दिवशीय अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।उक्त अन्तरक्रिया कार्यक्रममा मेलमिलाप सम्बन्धी सैद्वान्तिक अवधारणा¸ नेपालमा मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था र मेलमिलापमा सरोकारवालाको भूमिका बिषयमा तिनवटा कार्यपत्र सर्वोच्च अदालतका सह- सचिव नहकुल सुवेदी र मेलमिलाप परिषद्का सचिवालय प्रमुख अशोक कुमार क्षेत्री प्रस्तुत गर्नुभएको थियो।