मेलमिलापकर्ताहरूको प्रस्तावित आचार संहिता उपर छलफल कार्यक्रम सम्पन्न ।
मेलमिलाप परिषद्को आयोजनामा मिति २०७३ आसर ६ गते YELLOW PAGODA(होटेल येल्लो प्यागोडा)मा मेलमिलापकर्ताको आचार संहिताको मसौदा उपर छलफल कार्यक्रम सर्वोच्च आदलतका बरिष्ठतम् माननीय न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष बैद्यनाथ उपाध्यायज्यूको अध्यक्षता , सर्वोच्च अदालतका माननीय न्यायाधीश जगदीश प्रसाद शर्मा पौडेल र सर्वोच्च अदालतका रजिस्ट्रार तथा मेलमिलाप परिषद्का सदस्य-सचिव श्री श्रीकान्त पौडेलज्यूको आतिथ्यतामा सफलता पूर्वक सम्पन्न भएको छ ।
मेलमिलाप परिषद्का पदाधिकारीहरू, सर्वोच्च अदालत मेलमिलाप समितिका सदस्यहरू, मेलमिलाप परिषदमा सूचीकृत तालिम प्रदायक विभिन्न संघ सस्थाका प्रतिनिधीहरू, मेलमिलापको क्षेत्रमा सक्रिय रहेका विभिन्न व्यक्ति तथा प्रशिक्षकहरू, मेलमिलापकर्ता, मेलमिलाप परिषद्को सचिवालयका कर्मचारीहरूको सहभागीता रहेको उक्त कार्यक्रममा मेलमिलाप परिषद्का सदस्य एवम् मेलमिलापकर्ताको आचार संहिता निमार्ण गर्नका लागि गठित समितिका संयोजक समेत रहनुभएका डा. श्री कुमार शर्मा आचार्यज्यूले तयार पार्नु भएको मेलमिलापकर्ताको आचार संहिता को मसौदा प्रस्तुत गनुभएको थियो। प्रस्तुत मसौदा उपर सहभागीहरूले आ-आफ्नो राय, सल्लाह, सुझाव तथा प्रतिक्रया व्यक्त गर्नुभएको थियो। सर्वोच्च अदालतका माननीय न्यायाधीश जगदीश प्रसाद शर्मा पौडेलज्यू र सर्वोच्च अदालतका रजिस्ट्रार श्री श्रीकान्त पौडेलज्यूले प्रस्तुत मसौदामाथी टिप्पणि गर्नु भएको थियो। मेलमिलाप परिषद्का सचिवालय प्रमुख अशोक कुमार क्षेत्रीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा कार्यक्रमका अध्यक्ष, सर्वोच्च अदालतका बरिष्ठतम् माननीय न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष बौद्यनाथ उपाध्यायज्यूले आफ्नो भनाई तथा निर्देशन सहित उक्त कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।