जुम्ला र डडेल्धुरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न ।
पुनरावेदन अदालत जुम्लाका माननीय मुख्य न्यायाधीश टंक बहादुर मोक्तानको प्रमुख आतिथ्यतामा २०७३ असार ४ गते शनिबार देखि ऐ. ११ गते शनिबार सम्म सामुदायिक मेलमिलापकर्ता समाज नेपालको आयोजना र मेलमिलाप परिषद्को सहयोगमा जुम्ला, कालिकोट र मुगु जिल्लाहरुका गा.वि.स सचिव, कर्मचारी, प्राध्यापक, प्रहरी अधिकृत¸ नागरिक समाज, समाजसेवीहरुसमेत गरी जम्मा २७ जनाको सहभागीतामा जुम्ला स्थित न्यू मानसरोवर होटल एण्ड रेष्टुरेन्टमा मेलमिलाप सम्वन्धी आठ दिवसीय आधारभुत तालिमसम्पन्न भएको छ।
यसैगरी डडेल्धुरा जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश देवकुमार गिरिको प्रमुख आतिथ्यतामा मिति २०७३ असार ९ गते बिहिबार देखि ऐ. १६ गते बिहिबार सम्म ग्रामीण महिला विकास तथा एकता केन्द्रको आयोजना र मेलमिलाप परिषद्को सहयोगमा डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर जिल्लाहरुका कर्मचारी, प्राध्यापक, प्रहरी अधिकृत¸ नागरिक समाज, समाजसेवीहरुसमेत गरी जम्मा २७ जनाको सहभागीमा अमरगढी ५, डडेल्धुरा स्थित होटल दि ग्रिनल्याण्ड प्रा.लि.मा मेलमिलाप सम्वन्धी आठ दिवसीय आधारभुत तालिमसम्पन्न भएको छ ।
