रौतहट र रूपन्देहीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न ।
बरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीज्यूको प्रमुख आतिथ्यता तथा मेलमिलाप परिषद्का उप सचिव श्री चाणकमणि अर्यालज्यूको बिशेष आतिथ्यतामा मिति २०७३ असार ११ शनिबार देखि ऐ. १८ गते शनिबार सम्म मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठानको आयोजना र मेलमिलाप परिषद्को सहयोगमा रौतहट, मकवानपुर, बारा, पर्सा र चितवन जिल्लाहरूका गा.वि.स सचिव, प्राध्यापक, प्रहरी अधिकृत, कर्मचारी, नागरिक समाज तथा समाजसेवीहरू समेत गरी जम्मा २४ जनाको सहभागितामा चन्द्रनिगापुर, रौतहट स्थित पशुपति लाँज एण्ड कोल्ड स्टोर्समा मेलमिलाप सम्वन्धी आठ दिवसीय आधारभुत तालिमसम्पन्न भएको छ।
यसैगरी पुनरावेदन अदालत बुटवलका माननीय मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको प्रमुख आतिथ्यतामा मिति २०७३ असार १३ गते बिहिबार देखि ऐ २० गते बिहिबार सम्म नागरिक आवजको आयोजना र मेलमिलापपरिषद्को सहयोगमा रूपन्देही,, कपिलवस्तु, नवालपरासि, पाल्पा, गुल्मी अर्घाखाची जिल्लाहरुका कर्मचारी, प्राध्यापक, प्रहरी अधिकृत¸ नागरिक समाज, समाजसेवीहरुसमेत गरी जम्मा २६ जनाको सहभागीमा बुटवल, रूपन्देही स्थित होटल दि शिखर इन्टरनेश्नलमा मेलमिलाप सम्वन्धी आठ दिवसीय आधारभुत तालिमसम्पन्न भएको छ।