ललितपुरमा सामुदायिक मेलमिलापसम्बन्धी समुदायमा जाउँ (Go TO Community) छलफल कार्यक्रम सम्पन्न।
मेलमिलाप परिषद्को आयोजनामा ललितपुर जिल्लाका गोटीखेल, भारदेउ, देवीचौर र भट्टेडाँडा गा.वि.स.हरूमा क्रमशः मिति २०७३ असोज ७, ८, ९ र १० गते ललितपुर जिल्ला अदालतका माननीय न्यायाधीश एवम् जिल्ला स्तरीय मेलमिलाप अनुगमन समितिका संयोजक श्री राजेन्द्र खरेलज्यूको अध्क्षता ४ दिने सामुदायिक मेलमिलापसम्बन्धी समुदायमा जाउँ (Go TO Community) छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।सो कार्यक्रमहरूमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष श्री बैद्यनाथ उपाध्यायज्यूको प्रमुख आतिथ्यता रहेको थियो। उच्च अदालत पाटनका माननीय मुख्य न्यायाधीश श्री टंक बहादुर मोक्तानज्यू र सर्वोच्च अदालतका रजिस्ट्रार एवम् मेलमिलाप परिषद्का सदस्य सचिव श्री श्रीकान्त पैडेलज्यूको विषेश आतिथ्यता र मेलमिलाप परिषद्का सचिवालय प्रमुख चाणकमणि अर्याल तथा ललितपुर जिल्ला अदालतका श्रेस्तेदार बाबुराम दाहाल एवम् प्रशिक्षक महेन्द्र प्रासाइ लगायतको उपस्थिति रहेको थियो। सम्बन्धीत गा.वि.स.का स्थानिय समाजसेवी, नागरिक समाज, प्रध्यापक, शिक्षक, प्रहरी, गा.वि.स. सचिव लगायतको सहभागितामा सञ्चालन भएका कार्यक्रमहरूमा मेलमिलापको अवधारण र नेपालमा यसको प्रयोग बिषयमा प्रशिक्षक महेन्द्र प्रसाइज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।कार्यक्रमका सहभागिहरूले मेलमिलापकोबारेमा आ-आफ्नो जिज्ञाशा राख्नुका साथै यस्ता मेलमिलापसम्बन्धी कार्यक्रमहरूले समुदायमा उत्पन्न हुने स-साना विवादहरू समुदायम नै समाधान गर्न प्रेरित गर्ने हुदा यस्ता कार्यक्रमहरू बढि भन्दा बढि सञ्चालन गर्नु पर्ने बताएका थिए।